२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अशोक स्तम्भ डुबानमा [तस्बिरहरु]

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–५, स्थित ऐतिहासिक तथा पुरातात्विक स्थल गोटिहवाको महत्वपूर्ण अशोक स्तम्भ पानीमा डुबेको छ । पानीमा डुब्दा सिपेज भई साल्ट एक्सनका कारण क्षयीकरण हुन्छ । 

अशोक स्तम्भ डुबानमा [तस्बिरहरु]

स्तम्भ हल्काफुल्का बलौटे ढुंगाबाट बनेको छ । ‘पानीमा डुब्दा क्यापिलरी एक्सन हुन्छ,’ वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले भने, ‘त्यसले ढुंगालाई असर पुर्‍याउँछ ।’ उनको अनुसार पानीमा डुब्दा ढुंगाले पानी सोस्छ र त्यसले गर्दा कमजोर बनाउँदै लैजान्छ ।


‘स्तम्भको संरक्षणमा ध्यान नदिँदा कमजोर बन्दै गएको छ । सरोकारवाला निकाय लुम्बिनी विकास कोष चुपचाप बसेको छ,’ स्थानीय वीरेन्द्र चौधरीले भने । ‘यो वर्ष बैशाख सुरुदेखि डुब्दै आएको छ । वर्षाका समयमा थोरै भएपनि डुबेकै हुन्छ । तर वर्ष बैशाख र भाद्रमा महिना बढी डुब्यो । ३/४ दिन अघिको पानीले सबैभन्दा बढी डबानमा परेको छ ।’


जमिनको सहतभन्दा स्तम्भ तल भएका कारण पानी पर्नासाथ डुबानमा पर्ने गरेको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीको भनाइ छ ।


सिंगो बौद्ध इतिहास नाश हुने खतरा रहेको स्थानीय अगुवा तेजकुमार बौद्धाचार्यले बताए । पुरातत्व विभागसँग समन्वय गरेर संरक्षणको योजना बनाईरहेको लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भटराईले दाबी गरे ।


गोटिहवा निक्कै महत्वपुर्ण स्थल हो । भारतीय सम्राट अशोक बुद्धस्थलको तीर्थाटन गर्न आउँदा यहाँ आएका थिए । चिनोका रुपमा स्तम्भ बनाएका थिए । गोटिहवा भगवान बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्मस्थल र निर्वाण स्थल हो ।

तस्बिरहरु : मनोज पौडेल


प्रकाशित : आश्विन ५, २०७६ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?