बैंकिङ कसुर अभियोगमा बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जना सीआईबीको हिरासतमा

जनकराज सापकोटा

काठमाडौँ — बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जनालाई नियन्त्रणमा लिएको छ । किर्ते कागज बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

बैंकिङ कसुर अभियोगमा बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जना सीआईबीको हिरासतमा

पक्राउ पर्नेमा बैंक अफ काठमाडौंका पूर्व सीईओ अजय श्रेष्ठसमेत रहेको एसपी बेलबहादुर पाण्डेले जानकारी दिए। ब्यूरोको टोलीले पूर्व सीईओ श्रेष्ठ लगायत ऋणि र बैंकका बहालवहाल कर्मचारी गरेर ११ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरुले कमसल जग्गालाई धरौटी राखेर साढे चार करोड रुपैयाँ हिनामिना गरेको अनुसन्धानमा खुलेको छ।

प्रकाशित : आश्विन ५, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?