२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सरकारको कामबाट सन्तुष्ट छैनौं : अध्यक्ष दाहाल

देवनारायण साह

(मोरङ) — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामबाट सन्तुष्ट नभएको बताएका छन् । विराटनगरमा आइतबार पत्रकारसँग उनले उक्त धारणा राखेका हुन् ।

सरकारको कामबाट सन्तुष्ट छैनौं : अध्यक्ष दाहाल

‘सरकारको काम जसरी अघि पढ्नु पर्ने हो त्यसरी बढेको छैन,’ उनले भने, ‘यसमा हामी नेतृत्व वर्ग चिन्तित भएको र गति दिनमा लागेका छौं ।’ अहिलेसम्मको काममा के कमजोरी रहे जसले उत्श्रृंखल गतिविधि देखापर्ने वातावरण बन्यो त्यसको समिक्षा गरेर सच्याई पार्टीलाई एकताबद्ध गर्ने, विकासको काममा गति दिने र सुशासनको प्रत्याभुत गराउने गरी अघि बढ्ने तयारी गरेको दाहालको भनाइ थियो ।


‘मुलुकमा देखापर्न थालेको अराजक र उत्श्रृंखल गतिविधिलाई पार्टी र सरकारले गम्भीर रुपमा लिएको छ,’ उनले भने, ‘यी यस्ता गतिविधिले देशको सिस्टममै खतरा आइसकेको लाग्दैन तर गम्भीर विषय हो ।’ यो विषयलाई सदनमा भएका पार्टीहरुले समेत गम्भीर रुपमा लिएको दाहालले बताए ।


‘सर्वदलीय बैठक र प्रतिपक्षी दलसँगको बैठकमा पनि अराजक गतिविधिबाट सचेत रहन आग्रह गरिएको छ,’ उनले भने, ‘यी यस्ता गतिविधिको प्रतिवाद गर्न राजनीतिक दल र सरकार एकजुट भएका छौं ।’ दाहालले इण्डो प्यासिफिक रणनीतिमा जाने भनेर कहिल्यै नभनेको प्रस्ट पारे ।


प्रकाशित : आश्विन ५, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?