१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘आईपीएस नेपालको स्वार्थमा हुनुपर्छ’

काठमाडौँ — राजनीतिक दलका नेता, अनुसन्धानकर्ता, पूर्वसैनिक र पत्रकारहरूले राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर मात्र अमेरिकी सरकारको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ (आईपीएस) बारे सरकारले निर्णय लिनुपर्ने धारणा व्यक्त गरेका छन् । 

आईपीएसमा नेपालको भूमिका के हुने भन्ने प्रश्न उठिरहेका बेला नेपाल विश्व मामिला प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरूले त्यस्तो सुझाव दिएका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले आईपीएस नेपालको असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने बताए । ‘आईपीएस नेपालका लागि अस्वीकार्य छ । सरकारले यो नीतिलाई अवलम्बन गर्नु घातक हुनेछ । अर्कोतर्फ उसले असंलग्न परराष्ट्र नीति भन्ने शब्दावली पनि हटाउनुपर्ने हुन्छ,’ उनले भने ।


सेन्टर फर नेपाल एन्ड साउथ एसिया स्टडिजका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्की, पूर्वजर्नेल तथा इतिहासविद् प्रेमसिं बस्न्यात र पत्रकार युवराज घिमिरेले अन्तर्राष्ट्रिय विषयमा कुनै व्यक्ति विशेष नभई नेपालको राष्ट्रिय स्वार्थअनुसार निर्णय गर्नुपर्ने बताए ।


प्रकाशित : आश्विन ५, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?