कास्की–२ मा उठ्दिनँ : वामदेव

काठमाडौँ — सत्तारूढ नेकपा नेता वामदेव गौतमले पार्टीलाई कास्की–२ बाट आफू उपनिर्वाचन नलड्ने भएका छन् । गौतमले कास्की २ बाट चुनाव उठ्नु फेरि पराजित हुनु हो भन्दै त्यहाँबाट आफू नउठ्ने शनिबार सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

कास्की–२ मा उठ्दिनँ : वामदेव

‘मंसिर १४ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिन आग्रह गर्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालप्रति आभार प्रकट गर्छु तर म चुनावमा उठ्दिनँ,’ गौतमले भनेका छन् । त्यहाँ स्थानीय नेतालाई नै चुनावमा उठाउन गौतमले अध्यक्षद्वयलाई आग्रह गरेका छन् ।


२०७४ मा भएको प्रतिनिधिसभा चुनावमा गौतम बर्दिया १ बाट पराजित भएका थिए । यसअघि कास्की २ बाट गौतम उपचुनावमा उठ्ने चर्चा थियो ।

हेलिकप्टर दुर्घटनामा प्रतिनिधिसभा सदस्य एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुँदै छ ।



प्रकाशित : आश्विन ४, २०७६ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?