३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मानव सेवा आश्रमलाई २ लाखको पुरस्कार

काठमाडौँ — रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले हेटौंडाको सामाजिक संस्था ‘मानव सेवा आश्रम’ लाई २ लाख रुपैयाँको पुरस्कार प्रदान गरेको छ ।

सडकमा जीवन बिताइरहेकाहरूको उद्धार र पालनपोषणजस्ता सामाजिक कार्य गर्दै आएको आश्रमलाई रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ ।


कोषले आशा अपांग केन्द्र, गुल्मी र नेपाल स्नेही काख, काठमाडौंलाई समेत जनही १ लाख रुपैयाँको रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार प्रदान गरेको छ ।


कोषद्वारा राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले तीनवटै संस्थाका पदाधिकारीलाई पुरस्कार रकम हस्तान्तरण गरे ।

प्रकाशित : आश्विन ४, २०७६ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?