कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

युरोसियन देशका सभामुखको बैठकमा महरा

काठमाडौँ — युरोसियन मुलुकका सभामुखहरूको बैठकमा भाग लिन सभामुख कृष्णबहादुर महरा शनिबार कजाकस्तान गएका छन् । महराको ६ सदस्यीय भ्रमण दलमा प्रतिनिधिसभा सदस्यहरू मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरी, संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन छन् । 

युरोसियन देशका सभामुखको बैठकमा महरा

आइतबारदेखि बुधबारसम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका सभामुखको चौथो बैठकलाई महराले सम्बोधन गर्ने जानकारी संसद् सचिवालयले दिएको छ ।


बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन् ।

प्रकाशित : आश्विन ४, २०७६ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?