कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

हवल्दारसँग मिलेर श्रीमान्‌को हत्या

नवीन पौडेल

(परासी) — पश्चिम नवलपरासीको परासीमा नेपाली सेनाका हवल्दारसँग मिलेर एक महिलाले श्रीमान्‌को हत्या गरेकी छन् । 

रामग्राम नगरपालिका–३ घोडपाली बस्ने ३५ वर्षीया सरस्वती पोखरेल पाण्डेले आफ्नै श्रीमान्‌ ४१ वर्षीय रवीन्द्र पाण्डेको हत्या गरेको रहस्य खुलेको छ । घटना शंकास्पद भएपछि प्रहरीले सरस्वतीलाई ३ दिनअघि नियन्त्रणमा लिएको थियो । सोधपुछको क्रममा उनले सेनाका हवल्दारसँग मिलेर श्रीमान्‌को हत्या गरेको बयान दिएकी थिइन् ।


उनैको बयानको आधारमा सेनाको कालीध्वज गण परासीमा हवल्दार बमबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मृतक पाण्डेकी श्रीमती सरस्वतीलाई ३ दिनअघि पक्राउ गरी अनुसन्धान गर्दा हवल्दार घर्तीको पनि संलग्नता रहेको खुलेपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए । हत्यापछि घर्ती सेनाको ब्यारेकभित्रै थिए । उनलाई अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।


घर्ती र सरस्वतीबीच केही महिनादेखि अनैतिक सम्बन्ध रहेको बयानका क्रममा खुलेको छ । मृतक पाण्डेका परिवारले हराएको भन्दै खोजतलासका लागि प्रहरी कार्यालयमा निवदेन दिएका थिए । हत्या भएको १५ दिनपछि उनको शव घरनजिकैको हरि सुशील प्राविको सेफ्टी ट्यांकीबाट शनिबार प्रहरीले बरामद गरेको थियो । मृतक पाण्डेले घर्ती र श्रीमतीलाई रातको समयमा आफ्नै घरभित्रै बसेको देखेका थिए । घटना बाहिर आउन नदिन दुवै जनाले उनीमाथि कुटपिट गरी हत्या गरेको बयानमा खुलेको छ ।

प्रकाशित : आश्विन ४, २०७६ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?