ग्यासको मूल्य २५ रुपैयाँ घट्यो

राजु चाैधरी

काठमाडौँ — नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूचि अनुसार समायोजन गर्दा यहाँ पनि मूल्य घटेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।

‘बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाउने निर्णय गरेको छ,’ प्रवक्ता गोइतले भने, ‘नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।’ हाल खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैया पर्छ । नयाँ मूल्य अनुसार प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ तोकिएको छ ।


निगमले हवाई इन्धन अर्न्तराष्ट्रिय उडान तर्फको बिक्री मुल्यमा पनि समान्य घटाएको छ । गोइतका अनुसार भ्रमण बर्षलाई टेवा पुर्याउने हवाई इन्धन(अर्न्तराष्ट्रिय) तर्फ प्रतिकिलो लिटर ५० अमेरिकी डलर घटाएको हो ।


‘प्रति किलोलिटर १०५० अमेरिकी डलरबाट १००० अमेरिकी डलर कायम गरेका छौ,’ उनले भने । यस्तै, पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धन अर्न्तराष्ट्रिय तर्फ भने मूल्य समायोजन गरेको छैन ।



प्रकाशित : आश्विन ३, २०७६ १९:४१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डिजेल र पेट्रोलको मूल्य घट्यो

राजु चाैधरी

काठमाडौँ — नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । मंगलबार दिउँसाे १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।

मूल्य घटेसँगै प्रतिलिटर डिजेल–मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।


प्रकाशित : भाद्र २४, २०७६ १२:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×