कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ग्यासको मूल्य २५ रुपैयाँ घट्यो

राजु चाैधरी

काठमाडौँ — नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूचि अनुसार समायोजन गर्दा यहाँ पनि मूल्य घटेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।

ग्यासको मूल्य २५ रुपैयाँ घट्यो

‘बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाउने निर्णय गरेको छ,’ प्रवक्ता गोइतले भने, ‘नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।’ हाल खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैया पर्छ । नयाँ मूल्य अनुसार प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ तोकिएको छ ।


निगमले हवाई इन्धन अर्न्तराष्ट्रिय उडान तर्फको बिक्री मुल्यमा पनि समान्य घटाएको छ । गोइतका अनुसार भ्रमण बर्षलाई टेवा पुर्याउने हवाई इन्धन(अर्न्तराष्ट्रिय) तर्फ प्रतिकिलो लिटर ५० अमेरिकी डलर घटाएको हो ।


‘प्रति किलोलिटर १०५० अमेरिकी डलरबाट १००० अमेरिकी डलर कायम गरेका छौ,’ उनले भने । यस्तै, पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धन अर्न्तराष्ट्रिय तर्फ भने मूल्य समायोजन गरेको छैन ।



प्रकाशित : आश्विन ३, २०७६ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?