संविधानको विरोध गर्ने ६ पक्राउ 

दुर्गालाल केसी

दाङ — संविधानको विरोध गर्दै कालोपट्टी बाँधेर प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।


लमहीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने ६ जनालाई शुक्रबार नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले बताए।

पक्राउ परेकाहरु थरुहट थारुवान संघर्ष समितिका कार्यकर्ता रहेको बुझिएको र उनीहरुबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित : आश्विन ३, २०७६ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्

राजपाको विरोध र्‍याली

अवधेशकुमार झा

राजविराज — संविधान दिवसका अवसरमा शुक्रबार सप्तरीमा विरोध र खुसियालीमा विभिन्न कार्यक्रमहरु भए । संविधान संशोधनको मागमा अडिग रहेको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बिहानैदेखि सदरमुकाम राजविराजसहित जिल्लाका प्रमुख बजार र चौकहरुमा विरोध प्रर्दशन गरे । 



बिहानै राजविराजमा भेला भएका राजपाका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयसहित विभिन्न सरकारी कार्यालयमा कालो झण्डा गाड्दै संविधान संशोधन गर्न दबाब दिए। सरकारी कार्यालयहरुमा गाडिएको कालो झण्डा प्रहरीले भने हटाएको थियो। राजपाका कार्यकर्ताहरु दिउँसो राजविराजमा बृहत प्रर्दशन गरे।

स्थानीय शिव मन्दिर परिसरबाट कालो झण्डासहित निस्केको राजपाका नेता कार्यकर्ताको जुलुस राजविराज परिक्रमा पश्चात स्थानीय नेता चौकमा कोणसभामा परिणत भएको थियो। कोणसभामा राजपा नेपालका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुले संविधान संशोधनको माग राख्दै मधेसी जनताको अधिकार सुनिश्चत नगरेसम्म असोज ३ गतेलाई कालो दिवसकै रुपमा मनाइरहने बताए।

उता राजपा नेपालका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवको नेतृत्वमा शुक्रबार सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ का कालो दिवस मनाउने क्रममा मोटरसाइकल र्‍याली निकालिएको थियो।

संविधान जारी भएको दिनको खुसियालीमा भने सरकारी अधिकारीहरुद्धारा शुक्रबार नै राजविराजमा विभिन्न कार्यक्रमहरु गरे। सुरक्षा निकाय, स्थानीय विद्यालयका विद्यार्थीहरु र केही राजनीतिक दलका नेताहरु सम्मिलत जुलुसले बिहानै प्रभातफेरी गर्‍यो। प्रभातफेरीपछि जिल्ला प्रशासन कार्यालयमा प्रवचन कार्यक्रमको आयोजना गरियो।

प्रकाशित : आश्विन ३, २०७६ १६:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्