२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राजपाको विरोध र्‍याली

अवधेशकुमार झा

राजविराज — संविधान दिवसका अवसरमा शुक्रबार सप्तरीमा विरोध र खुसियालीमा विभिन्न कार्यक्रमहरु भए । संविधान संशोधनको मागमा अडिग रहेको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बिहानैदेखि सदरमुकाम राजविराजसहित जिल्लाका प्रमुख बजार र चौकहरुमा विरोध प्रर्दशन गरे । 

राजपाको विरोध र्‍याली

बिहानै राजविराजमा भेला भएका राजपाका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयसहित विभिन्न सरकारी कार्यालयमा कालो झण्डा गाड्दै संविधान संशोधन गर्न दबाब दिए । सरकारी कार्यालयहरुमा गाडिएको कालो झण्डा प्रहरीले भने हटाएको थियो । राजपाका कार्यकर्ताहरु दिउँसो राजविराजमा बृहत प्रर्दशन गरे ।


स्थानीय शिव मन्दिर परिसरबाट कालो झण्डासहित निस्केको राजपाका नेता कार्यकर्ताको जुलुस राजविराज परिक्रमा पश्चात स्थानीय नेता चौकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा राजपा नेपालका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुले संविधान संशोधनको माग राख्दै मधेसी जनताको अधिकार सुनिश्चत नगरेसम्म असोज ३ गतेलाई कालो दिवसकै रुपमा मनाइरहने बताए ।


उता राजपा नेपालका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवको नेतृत्वमा शुक्रबार सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ का कालो दिवस मनाउने क्रममा मोटरसाइकल र्‍याली निकालिएको थियो ।


संविधान जारी भएको दिनको खुसियालीमा भने सरकारी अधिकारीहरुद्धारा शुक्रबार नै राजविराजमा विभिन्न कार्यक्रमहरु गरे । सुरक्षा निकाय, स्थानीय विद्यालयका विद्यार्थीहरु र केही राजनीतिक दलका नेताहरु सम्मिलत जुलुसले बिहानै प्रभातफेरी गर्‍यो । प्रभातफेरीपछि जिल्ला प्रशासन कार्यालयमा प्रवचन कार्यक्रमको आयोजना गरियो ।

प्रकाशित : आश्विन ३, २०७६ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?