कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जानकी मन्दिरमा बमको हल्ला

सन्तोष सिंह

धनुषा — जानकी मन्दिरमा सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएको छ । मन्दिरमा बम राखिएको सूचनापछि प्रवेशमा रोक लगाइएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

जानकी मन्दिरमा बमको हल्ला

शुक्रबार दिउँसो मन्दिरमा विस्फोटक पदार्थ रहेको सूचना प्रहरीलाई प्राप्त भएपछि मन्दिर पव्रवेशमा रोक लगाइएको हो, खनालले भने,‘सूचना लगतै मन्दिर परिसर नियन्त्रणमा लिएर चेक जाच गरिएको छ ।’ प्रहरीले विस्फोटक पदार्थ पता लगाउन कुकुर समेत परिचालन गरेको थियो । करिब २ घण्टासम्म मन्दिर प्रवेशमा रोक लगाइएको खनालले बताए ।


मन्दिरमा बम राखिएको बारे प्रहरीलाई फोन मार्फत सूचना आएको थियो । मन्दिर प्रवेशमा रोक लगाएर विस्फोटक पदार्थको खोजी भइरहँदा बजार क्षेत्रमा सादा पोसाकमा प्रहरी खटिएका थिए ।


मन्दिरमा बम राखिएको अपवाहले आसपासका व्यवसायी र स्थानीय त्रसित भएका छन् । पर्यटकको भिडभाड रहने जानकी मन्दिरमा बम राखिएको विषयलाई प्रहरीले गम्भिरताका साथ लिएर निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : आश्विन ३, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?