मुलुकभर संविधान दिवस मनाइँदै (तस्बिरहरु)
काठमाडौँ — मुलुकभर विभिन्न कार्यक्रम गरी पाँचौँ संविधान तथा राष्ट्रिय दिवस मनाइँदैछ । २०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवस मनाइन्छ । दिवसको अवसरमा काठमाडौंको टुँडिखेल लगायत प्रदेश र स्थानीयतहरुमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
विभिन्न जिल्लावहरुमा प्रभातफेरी,रक्तदान,सांस्कृतिक झाँकी प्रस्तुति,सरसफाई जस्ता कार्यक्रम गरिएका छन् । देशभर मनाइएको संविधान दिवस केही झलक यहाँ प्रस्तुत छ ।
प्रकाशित : आश्विन ३, २०७६ १४:०७