नेपाली स्याटेलाइट बनाउने आभास मास्के र हरिराम श्रेष्ठलाई पदक 

काठमाडौँ — सरकारले नेपाली स्याटेलाइट-१ का निर्माणकर्ताद्वय आभास मास्के र हरिराम श्रेष्ठलाई कीर्तिमय राष्ट्रदीप चौथो श्रेणीको पदकबाट सम्मानित गर्ने भएको छ । 

नेपाली स्याटेलाइट बनाउने आभास मास्के र हरिराम श्रेष्ठलाई पदक 

पाँचौ संविधान दिवसको अवसर पारेर उनीहरुलाई यो पदकबाट सम्मानित गरिदैछ ।


बर्डस-३ कार्यक्रम अन्तर्गत स्याटेलाइट निर्माण गरी नेपालको झन्डा अंकित वस्तु अन्तरीक्षमा पहिलो पटक पुर्याउन सफल भएको भन्दै उनीहरुलाई सरकारले सम्मानित गर्न लागेको हो ।


३२ वर्षीय श्रेष्ठ हाल जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्पेश इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका छन् भने २९ वर्षीय मास्केले स्याटेलाइटको इमेज सेन्सिङमा विद्यावारिधि गरिरहेका छन् ।

प्रकाशित : आश्विन ३, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?