उपमेयरको गाडीलाई लक्षित गरेर बम विस्फोट

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुरको षडानन्द नगरपालिकाकी उपमेयर मेरिका राई चढ्ने गाडी निजिकै कुकर बम विस्फोट भएको छ । गएराति अज्ञात समूहले उपमेयर राई चढ्ने गाडी नजिकै बम राखेको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । 

उपमेयरको गाडीलाई लक्षित गरेर बम विस्फोट

बम पूर्ण रुपमा विस्फोट नभएकाले ठूलो क्षति हुन नपाएको प्रहरी निरीक्षक अमतलाल माझीले जाानकारी दिए ।


घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । घटनास्थल नजिकै चन्द समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।


घटनास्थलमा प्रहरीले शंकास्पद वस्तु समेत फेला पारेको छ ।

प्रकाशित : आश्विन ३, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?