२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नौबिसे–नागढुंगा ‘नो ओभरटेक जोन’

धादिङ — चाडपर्वलाई लक्ष्य गरेर नौबीसे–नागढुंगा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । उकालो र मोडहरूमा मालवाहक सवारी ढिलो गुड्ने भएकाले जामका बेला पनि साना सवारीले ओभरटेक गरेर उल्टै थप जाम गर्ने भएपछि यो १५ किमि दूरीलाई पहिलो पटक ‘नो ओभरटेक जोन’ भनेर लेन अनुशासनमा कडाइ गरिएको हो ।

नौबिसे–नागढुंगा ‘नो ओभरटेक जोन’

नौबीसेदेखि खानीखोला–खत्रीपौवा–सिक्रेखोलादेखि नागढुंगासम्मको खण्डमा उकालो, साँघुरो र धेरै मोड छन् ।


धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बिहीबार धुनीबेंसी नगरपालिकामा बसेको सरोकारवालाको बैठकले पर्वमा सवारी जाम हुन नदिन यस्तो निर्णय गरेको हो । चाडपर्वमा हुने दैनिक १५ देखि १८ हजार सवारीसाधन व्यवस्थापन गर्न यातायात व्यवसायीसमेत जिम्मेवार हुनुपर्ने जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारले बताए ।


जाम हुन नदिन मालवाहक सवारीलाई दसैंअघिका एक साताअघिदेखि नै रोक लगाइनेछ । चितवनदेखि नै तिनलाई रोक लगाइनेछ । यात्रुलाई सुरक्षित र समयमै गन्तव्यमा पुर्‍याउन १५ किलोमिटरका विभिन्न २४ स्थानमा प्रहरी परिचालन गरिने निर्णय भएको छ । प्रहरीले मादक एवं लागूपदार्थ सेवनसमेत परीक्षण गर्नेछन् । काठमाडौंको नागढुंगादेखि धादिङसम्म हुने सवारी जाम हटाउन प्रदेश प्रहरी कार्यालयको प्रहरी जनशक्ति, जिल्ला प्रहरी कार्यालयको रनिङ मोटरसाइकल, रोकिएका सवारीसाधन तान्ने क्रेन धुनीबेंसी नगरपालिकालाई व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।

प्रकाशित : आश्विन ३, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?