२८२ जना कैदी रिहा

काठमाडौँ — सरकारले संविधान दिवसका उपलक्ष्यमा २ सय ८२ कैदीको बाँकी सजाय मिनाहा गरी शुक्रबार रिहा गर्ने भएको छ । 

सरकारले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेका २ सय ८२ जनाको कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी बाँस्कोटाले दिए । बाँस्कोटाका अनुसार मन्त्रिपरिषद्ले कैद भुक्तान गरिरहेका भीमबहादुर शेर्पालगायत कैदीको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद तथा सजाय माफी दिने निर्णय गरेको छ ।


प्रकाशित : आश्विन ३, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?