कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोली प्रहार गरी लुटपाट

दुर्गालाल केसी

दाङ — तुलसीपुरमा गोली प्रहार गरी बिहीबार अपरान्ह लुटपाट भएको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर अमिलिया सडक खण्डको तुलसीपुर उपमहानगरपालिका १३ भञ्ज्याङमा गाडी रोकेर लुटपाट भएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गरी लुटपाट

भारतको रुपैडिहाबाट आफैँले रिजर्भ गरी ल्याएको युपी ४० एबी ९११ नम्बरको कार बाटोमा रोकेर चालकलाई लुटपाट गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए ।


भारत नागपुरका ४६ वर्षीय महोमद साहेवले गाडी रिजर्भ गरी ल्याएको र नेपालगन्जबाट थप तीन जना चढेकोमा तुलसीपुरको भञ्ज्याङ् पुगेपछि चालकलाई फायर गरी तर्साएर १५ हजार लुटेको डीएसपी शाहले बताए ।


घटनापछि चालक भारत रुपैडिहाका ३० वर्षीय निराज अली शाहले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट कटुवा पेस्तोलको एक गोली र खोका फेला परेको डीएसपी शाहले बताए ।

घटनापछि प्रहरी परिचालन गरेर लुटपाटमा संलग्न महोमद साहेवलाइ पक्राउ गरेको उनले जानकारी दिए । अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भैरहेको शाहले बताए ।

प्रकाशित : आश्विन २, २०७६ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?