कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सरकारका प्रवक्ता भन्छन्- 'रहर लागेर संविधान संशोधन हुँदैन'

काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कसैको रहरले संविधान संशोधन नहुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् । 

सरकारका प्रवक्ता भन्छन्- 'रहर लागेर संविधान संशोधन हुँदैन'

'औचित्य र आवश्यकताको आधारमा मात्र संविधान संशोधन हुन्छ । कसैलाई रहर लाग्दैमा संशोधन हुँदैन,' उनले भने,'संशोधन केका लागि हो ? कसको अधिकार संविधानले रोक्यो ? पुष्टि हुनुपरो नि ! यत्तिकै संशोधन हुँदैन । '


उनले कसका लागि कुन धारा किन संशोधन गर्नुपरो भन्दै पुष्टि गर्न चुनौती दिए । उनले प्रश्न गर्दै भने,'संविधान लेखियो । संशोधन केका निम्ति हो ? कसलाई के अधिकार पुगेन ? '


उलने संविधान रामायण, कुरान, बाइबल, पुराण जस्तो अपरिवर्तनीय नभएको बताउँदै आवश्यकता र औचित्यका आधारमा संशोधन हुने बताए ।

प्रकाशित : आश्विन २, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?