२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चन्द समूहका महोत्तरी सेक्रेटरी पक्राउ 

रवीन्द्र उप्रेती

महोत्तरी — प्रतिबन्धित चन्द समूहका महोत्तरी सेक्रेटरी भीमबहादुर आले पक्राउ परेका छन् । प्रहरीले उनलाई गौशाला नगरपालिका–८ स्थित उनकै घरबाट बिहीबार पक्राउ गरेको हो । आलेलाई बिहीबार नै इलाका प्रहरी कार्यालय बर्दिबास पठाइएको छ । 

चन्द समूहका महोत्तरी सेक्रेटरी पक्राउ 

उनीमाथि बर्दिवास नगरपालिका कार्यालयमा गत जेठ १३ गते कुकर बम राखेको आरोप लागेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए ।


यही आरोपमा चन्द समूहका महोत्तरी इन्चार्ज रुपबहादुर कार्कीलाई प्रहरीले भदौ १३ गते पक्राउ गरेर हिरासतमा राखेको छ । प्राप्त सूचना र प्रमाणको आधारमा दुवैविरुद्ध थप आरोपसहित मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पक्राउ परेका चन्द समूहका युवा संघ महोत्तरी अध्यक्ष विकासकुमार गुप्ता भने २५ दिनको न्यायिक हिरासतपछि धरौटीमा रिहा भएका छन् ।

उनीमाथि अभद्र व्यवहार गरेको आरोपमा महोत्तरी प्रशासनमा मुद्दा विचाराधीन छ ।

प्रकाशित : आश्विन २, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?