कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सरकार संविधान विपरीत काम गर्न थाल्यो : देउवा

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावना विपरीत काम गर्न थालेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बजेट अधिवेशन अन्त्यको पूर्वसन्ध्यामा बिहीबारको बैठकमा बोल्दै सभापति देउवाले सरकार गठन भएको डेढ वर्ष बितिसक्दा समेत संविधानप्रति अपनत्व र सर्वस्वीकार्यता गर्ने कार्यमा सरकार असफल भएको दाबी गरे ।

सरकार संविधान विपरीत काम गर्न थाल्यो : देउवा

सभापति देउवाले भने,' तीनै तहको निर्वान गरेर संविधान कार्यान्वयनमा आएको थियो । संविधान विपरीत न्यापालिकामाथि हस्तक्षेप गर्ने काम सरकारबाट भएको छ । ' सरकार मानवअधिकार आयोग जस्तो स्वतन्त्र निकायमाथि समेत नियन्त्रण गर्ने काममा लागिपरेको देउवाको भनाइ थियो ।

'संविधानले तीन वटै तहबीच अधिकार बाँडफाँडको कुरा उल्लेख छ । तर यो सरकारले त्यसमा पनि चुकेको छ,' उनले भने ।


इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार घटनाको प्रकरण यो सरकारको पालीमा भएको देउवाको भनाइ छ ।


सभापति देउवाले सरकार असफल भएको बताउँदै संविधान विपरीत प्रेसलाई नियन्त्रण गर्ने, वैदेशिक निति, बलात्कारका घटनाहरुमा पीडितलाई न्याय दिने जस्ता कार्यमा असफल भएको उल्लेख गरे ।

प्रकाशित : आश्विन २, २०७६ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?