कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कतार एयरवेजको विमान ३ घण्टाभन्दा बढी होल्डमा किन ?

सुरज कुँवर

काठमाडौँ — कतारबाट स्थानीयसमयअनुसार ३ बजेर २५ मिनेट उडेको विमान काठमाडौंमा ४ घण्टा ३० मिनेटमा अवतरण गर्छ । अर्थात् नेपालीसमयअनुसार १० बजेर २५ मिनेटमा अवतरण गर्छ । कतारको समय नेपालको भन्दा २ घण्टा ४५ मिनेट ढिलो छ । तर, बिहीबार फ्लाइट नम्बर ६५२ को एयरबस ३३०-३०२ कतार एयरवेज काठमाडौं विमानस्थलमा अवतरण गर्न ७ घण्टा भन्दा बढी समय लाग्यो । 

कतार एयरवेजको विमान ३ घण्टाभन्दा बढी होल्डमा किन ?

कतार एयरको उक्त जहाज ३ घण्टा १२ मिनेटसम्म नेपाली आकाशमा होल्डमा पर्‍यो । यति लामो समयसम्म होल्डमा परेको कमै रकेर्ड छ नेपाली आकाशमा । तर बिहीबार ३ घण्टा भन्दा बढी हेटौंड माथि होल्डमा पर्दा यात्रुहरुले हैरानी व्यहोर्नु पर्‍यो । त्यतिमात्रै होइन अवतरण भइसकेपछि पनि यात्रुहरु विमानबाट ओर्लन पाएनन् । ट्यक्सी वेमा नै जहाज रोकियो । करिव ८ घण्टासम्म जहाज भित्रै बस्न बाध्य भए यात्रुहरु ।


किन भयो यस्तो ?


देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले प्रायजसो विमान चढ्ने यात्रुहरुले हैरानी व्यहोरिरहनु पर्छ । नेपालमा यो सामान्य भइसक्यो । विमानस्थलमा सानो केही गढवढ भइहाले पनि विमान कि त होल्डमा बस्नुपर्छ कि त डाइभर्ट गर्नुपर्छ । बिहीबार पनि त्यस्तै भयो, दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भए । उक्त उपकरणले विमानस्थल र जहाजबीचको दूरी र जहाज रहेको दिशा पत्ता लगाउने काम गर्छ । करिव २ घण्टासम्म उक्त उपरकणले काम नगर्दा अन्तर्राष्ट्रिय रउडानका ७ जहाजहरु होल्ड भए ।


त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार भीओआर र डीएमई उपकरण १० बजेर ४८ मिनेटमा बिग्रिएको थियो । साढे १२ बजेतिर यसको मर्मत सकिएको थियो । त्यसपछि होल्डमा रहेका जहाज विमानस्थलमा अवतरण हुन थाले । तर पनि कतार एयरवेज चाहिँ होल्डमा नै पर्‍यो ।


क्षत्रीका अनुसार कतारले उक्त फ्लाइटमा एयसबस ३३० सिरिज जहाज उडाएको थियो । उक्त विमान विमानस्थलको जुनसुकै पार्किङ वेमा पार्क हुन सक्दैन । कतारको लागि चाहिने पार्किङ वे खाली थिएन । क्षत्रीका अनुसार १ नम्बर पार्किङ वे मर्मत भइरहेकोले खाली थिएन भने २ नम्बर पार्किङमा बुधबार राति हङकङबाट आएको क्याथे ड्र्यागनको जहाज बिग्रिएर ठाउँ ओगटेको थियो । जसले गर्दा कतार होल्ड हुन पुग्यो । उनले भने, 'हामीकहाँ ठूला जहाज गर्ने पार्किङ ठाउँ सीमित छ । त्यसैले समस्या परिहरहन्छ । डिएमआइ र भिओआर पनि बिग्रनु अनि पार्किङ वे पनि खानी नहुँदा आज कतार लामो समय होल्डमा बस्यो ।'

प्रकाशित : आश्विन २, २०७६ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?