कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रतिनिधि सभा बैठक : विशेष समिति म्याद थप

काठमाडौँ — प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७ बमोजिम गठित अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद अर्को अधिवेशनसम्मका लागि थप भएको छ ।

प्रतिनिधि सभा बैठक : विशेष समिति म्याद थप

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको म्याद थपसम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गर्‍यो ।


बैठकमा प्रतिनिभिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशहरु ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५, र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ सन्देशहरु टेबुल गरे ।


त्यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विधेयक, २०७५' का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराए ।

प्रकाशित : आश्विन २, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?