कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सत्तापक्षबाटै स्वास्थ्यमन्त्रीको आलोचना

काठमाडौँ — सत्ता र प्रतिपक्ष सांसदहरूले डेंगु महामारी नियन्त्रणमा बेवास्ता गरेको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको आलोचना गरेका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार उनीहरूले डेंगु नियन्त्रणमा ध्यान दिनुको सट्टा विदेश घुम्न व्यस्त रहेर नागरिकको जीवनमा हेलचेक्र्याइँ नगर्न मन्त्री यादवलाई चेतावनी दिए । 

सत्तापक्षबाटै स्वास्थ्यमन्त्रीको आलोचना

प्रतिनिधिसभामा मन्त्री यादवले डेंगु महामारी सम्बन्धमा दिएको अभिव्यक्तिमा पनि सांसदहरूले चित्त बुझाएनन् । जानकारी गराउन संसद्‌मा पटक–पटक आवाज उठे पनि मन्त्री यादव नआएपछि गत साता सभामुख कृष्णबहादुर महराले रुलिङ गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि जवाफ दिन उनी बुधबार प्रतिनिधिसभामा उपस्थित भएका हुन् । उनले डेंगुको अवस्थाबारे जानकारी दिएलगत्तै सांसदहरूले प्रतिप्रश्न गर्दै आलोचना गरेका थिए ।


प्रकाशित : आश्विन २, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?