कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शिक्षा अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जगरनाथपुर गाउँपालिकाका शिक्षा अधिकृत राजेश्वरप्रसाद चौरसियासहित ४ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शिक्षा अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

चौरसिया र जगरनाथपुर गाउँपालिकाकै श्रीजनसेवा प्राविका प्रधानाध्यापक हकिम अन्सारीले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा दस्तुर भन्दै अवैध रूपमा ३ लाख ९० हजार रुपैयाँ लिएको र फर्जी व्यक्तिलाई ३ लाख १४ हजार रुपैयाँ तलब भत्ता निकासा गरेको देखाई भ्रष्टाचार गरेको अनुसन्धानबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


पर्साकै श्रीनेपाल राष्ट्रिय मावि सेढवा बिर्ताका पूर्वप्रधानाध्यापक महेशप्रसाद यादवले चौरसिया र अन्सारीसितको मिलेमतोमा फर्जी व्यक्तिलाई तलब भत्ता खुवाएको देखाई अनियमितता गरेकाले उनीविरुद्ध समेत जेल सजाय र जरिवाना माग गरिएको अख्तियारले उल्लेख गरेको छ ।


यसैगरी अख्तियारले चितवनको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक पुष्पाकुमारी केसीविरुद्ध समेत बुधबारै मुद्दा दायर गरेको छ । केसीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरी बढुवा भएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै चारै जना सेवाबाट निलम्बित भएका छन् ।

प्रकाशित : आश्विन १, २०७६ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?