कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

युवा वैज्ञानिकलाई अभावमा रहन दिँदैनौं : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले युवा वैज्ञानिकलाई अध्ययन अनुसन्धानका निम्ति आर्थिक अभाव हुन नदिने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सातौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा बुधबार राजधानीमा गरेको कार्यक्रममा उनले विज्ञान प्रविधिको प्रयोग र खोज अनुसन्धान सिर्जनात्मक हुनुपर्नेमा जोड दिए ।

युवा वैज्ञानिकलाई अभावमा रहन दिँदैनौं : प्रधानमन्त्री ओली

‘जनसंख्याको सबभन्दा ठूलो हिस्सा क्रियाशील युवाको छ,’ उनले भने, ‘युवा वैज्ञानिकलाई अध्ययन अनुसन्धान गर्न साथ दिन्छ, सहयोग गर्छ ।’


प्रधानमन्त्री ओलीले विज्ञान तथा प्रविधि प्रयोग गरेर मुलुकलाई समृद्धिका दिशामा अगाडि बढाउने बताए । ‘हामी वीर पुर्खामात्र होइन, विद्वान् पुर्खाका सन्तान हौं,’ उनले भने, ‘अब विज्ञान र प्रविधिको प्रयोगबाट लोकतन्त्रलाई सुदृढ, स्वच्छता, पारदर्शिता, भ्रष्टाचारमुक्त समाज, आर्थिक उन्नति गर्दै समृद्ध देश बनाइनेछ ।’


प्रधानमन्त्री ओलीले विज्ञान तथा प्रविधिका निम्ति गठित मन्त्रालय र सम्बन्धित संस्थाहरू प्राथमिकतामा पर्न नसकेको स्वीकार गर्दै अब मन्त्रालयमा विज्ञान तथा प्रविधि विषय बुझेका मन्त्री र सचिव दिने आश्वासनसमेत दिएका छन् ।


‘उचित वातावरण बनेपछि बजेटको कमी हुँदैन । सरकारले नासाको जति होइन, नास्टको सीमासम्म बजेट दिन्छ,’ उनले भने । यसअघि नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठले ३७ वर्षमा नास्टले २ अर्ब ३७ करोड रुपैयाँमात्र बजेट पाएको उल्लेख गर्दै सरकारले नास्टलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।


प्रधानमन्त्री ओलीले कार्यक्रममा ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति, २०७६’ सार्वजनिक गरेका थिए । नीतिले ‘दिगो विकास र समृद्धिका लागि विज्ञान तथा नव–प्रवर्तन’ सोच र ‘विज्ञान प्रविधिको विकास, नव–प्रवर्तनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रवर्द्धनबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी नागरिकको जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्ने’ लक्ष्य लिएको छ ।

प्रकाशित : आश्विन १, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?