कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गृहमन्त्रीका भाइ धरौटीमा छुटे

जनकराज सापकाेटा

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले आपराधिक लाभ (एक्स्टर्सन) र संगठित अपराधसम्बन्धी कसुरको अभियोग लागेका नरेशलाई थुनछेक बहस सकिएपछि बुधबार एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

गृहमन्त्रीका भाइ धरौटीमा छुटे

उनी बुधबार अपराह्न १ लाख धरौटी राखेर रिहा भएका छन् । आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ परेका अरू ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उक्त अभियोगमा थापासँगै पवन खड्का, सुरेन नगरकोटी बलामी, शैलेश प्रजापति, विनोद लामा, वीरबल भट्टराई र मनबहादुर पुन मगरलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको थियो ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गुन्डा नाइके समीरमानसिंह बस्न्यातका दुई सहयोगी पवन खड्का र सुरेन नगरकोटीका गैरकानुनी काममा नरेशको सम्बन्ध देखिएपछि उनलाई पक्राउ गरेको थियो ।


अदालतमा बयानका क्रममा थापाले बस्न्यातसँग आफ्नो चिनजानै र कहिल्यै भेट्दै नभेटेको दाबी गरेको जानकारी स्रोतले दिएको छ । व्यापारी तथा व्यवसायीलाई धम्क्याई असुली धन्दा चलाउँदै आएका बस्नेतको योजनाअनुसार निर्माण व्यवसायी शरदकुमार गौचनलाई राजधानीमा हत्या गरिएको थियो । प्रहरीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपालमा ल्याएर कैदमा राखेको छ । उनले जेलभित्रै बसेर आफ्ना सहयोगीमार्फत व्यापारी–व्यवसायीलाई धम्क्याई असुली धन्दा चलाउँदै आएको अनुसन्धान ब्युरोको निष्कर्ष छ ।



.....


आपराधिक लाभ र संगठित अपराधमा संग्लन भएको आरोपमा पक्राउ परेका गृहमन्त्रीका भाई नरेश थापालाई काठमाडौं जिल्ला अदालतले एक लाख धरौटीमा छाड्न आदेश दिएको छ ।


थापा सहित पक्राउ परेका समीरमान बस्नेत, पवन खड्का, वीरबल भट्टराई, सुरेन नगरकोटी, शैलेश प्रजापति र विनोद लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।


निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेको घटनाका मुख्य अभियुक्तका रुपमा पक्राउ परेका समीरमान बस्नेतसँग मिली फिरौती संकलनमा जोडिएको भन्दै नरेशसहित सात जनाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा अगाडी बढाएको हो ।


ब्युरोले जेलभित्रैबाट समीरमानले दिएको सुचनाको आधारमा पवन खड्का, सुरेन नगरकोटीले फिरौती संकलनको योजना बनाएको र सोही क्रममा नरेशसँग बारम्बार भेटको उल्लेख गरेको छ ।


यो पनि पढ्नुहोस्:

फिरौती संकलनमा सक्रिय रहेको आरोपमा गृहमन्त्रीका भाइ पक्राउ

प्रकाशित : आश्विन १, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?