कैलालीमा २९ जनामा स्क्रब टाइफस

निर्मला खडायत

धनगढी — कैलालीमा स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । बुधबारसम्म २९ जना बिरामी फेला परेका स्वास्थ्य कार्यालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा हालसम्म १० जना बिरामी उपचारपछि सन्चो भएर घर फर्किएका छन् ।

कैलालीमा २९ जनामा स्क्रब टाइफस

एक जनाको अझै आईसीयुमा उपचार भइरहेको छ । धनगढी उपमहानगरपालिका १७ का ५० वर्षीया भोजन चौधरी गम्भीर अवस्थामा उपचारका लागि बुधबार सेती अञ्चल अस्पतालमा भर्ना भएकी हुन् । अस्पतालका सूचना अधिकारी दिलिपसिंह श्रेष्ठले पछिल्लो केहि दिन यता अस्पतालमा स्क्रब टाइफसका बिरामी आउने क्रम बढेको बताए ।


स्थानीय र प्रदेश सरकारले डेंगुको प्रकोप न्यूनिकरणका लागि अभियान नै सञ्चालन गरिरहेका बेला स्क्रब टाइफसका बिरामीको संख्या बढि देखिएको हो ।


मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा यो रोगको संक्रमण हुने गर्दछ । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा हालसम्म १ सय ५ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । अछाम र बाजुराबाहेक सुदूरका ७ जिल्लामा यो रोगका बिरामी फेला पर्ने क्रम बढिरहेको हो ।


यो पनि पढ्नुहोस्:

स्क्रब टाइफस


प्रकाशित : आश्विन १, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?