कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालिका बलात्कार गरी हत्या गर्नेलाई आजीवन कारावास

सन्तोष सिंह

धनुषा — धनुषा जिल्ला अदालतले बालिका बलात्कार गरी हत्या गरेको ठहर गर्दै २ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ ।

बालिका बलात्कार गरी हत्या गर्नेलाई आजीवन कारावास

औरही गाउँपालिका–२ परवाहाककी १० वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेका स्थानीय ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई आजीवन करावास सजाय सहितको आदेश दिएको हो ।


धनुषा जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई आजीवन करावाससहितको सजाय सुनाएको सरकारी वकिलको कार्यालय धनुषाका सहायक न्यायधिवक्ता शान्ति बरालले बताए ।


घर नजकै दसैंमा लागेको दुर्गा मेलामा नाच हेर्न गएकी बालिकालाई १० रुपैयाँको प्रलोभन देखाएर दुवै जनाले ०७५ असोज २६ गते राति गाउँभन्दा बाहिर लगेर बलात्कार गरी बालिकाको हत्या गरेका थिए । बालिकाको शव धान खेतको हिलोमा गाडिएको अवस्थामा फेला परेको थियो ।

प्रकाशित : आश्विन १, २०७६ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?