१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रतिनिधिसभा बैठक : दुई विधेयक स्वीकृत, एक समितिमा

काठमाडौँ — प्रतिनिधिसभाको बुधबारको बैठकले दुई विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । 

प्रतिनिधिसभा बैठक : दुई विधेयक स्वीकृत, एक समितिमा

बैठकमा गृहमन्त्री रामबहादुर थापाले 'नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।


यसैगरी गृहमन्त्री थापाले 'प्रहरी समायोजन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्' भनी दोस्रो प्रस्ताव पनि प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।


दुवै प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद दिलेन्द्रप्रसाद बडूले विधेयकमा कर्मचारी भन्ने शब्द थप गरिनुपर्ने माग गरे। यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले 'लोकसेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रकाशित : आश्विन १, २०७६ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?