कांग्रेसले आज पनि संसद् अवरुद्ध गर्ने

मन्त्रीले जवाफ दिनुपर्ने अडान 
कुलचन्द न्यौपाने

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले मन्त्रीले जवाफ नदिएसम्म संसद् अवरुद्ध गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । 

बाँकेको घटनालाई लिएर सोमबार र मंगलबार पनि कांग्रेसले संसद अवरुद्ध पारेकोथियो ।


यो पनि

बाँके घटनालाई लिएर कांग्रेसद्वारा आज पनि संसद अवरुद्ध प्रकाशित : आश्विन १, २०७६ १३:०३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चन्दका कार्यकर्ता पक्राउ

कान्तिपुर संवाददाता

गोरखा — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता चिनकाजी बिकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–३ हर्मीस्थित वयापानीबाट उनलाई नियन्त्रणमा लिएको एसपी ओम अधिकारीले बताए । 

बिक नेकपाको जिल्ला सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष हुन् । उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान पक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

प्रकाशित : आश्विन १, २०७६ १२:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×