३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बिरामी बोकेको जिप अरुण नदीमा खस्यो, कम्तीमा ६ बेपत्ता 

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप दुर्घटना हुँदा कम्तीमा ६ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका ३ जना छन् । 

बिरामी बोकेको जिप अरुण नदीमा खस्यो, कम्तीमा ६ बेपत्ता 

धर्मदेवी नगरपालिका ८ मा पर्ने अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको गाडी अरुण नदीमा खसेको हो । जिप मंगलबार राति साढे १० बजे सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो ।


जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मीमबहादुर लामाका अनुसार जिप खस्दा खाँदबारी ९ का २ महिने बालक समिर श्रेष्ठ, उनका बुबा संगम श्रेष्ठ, आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन् । त्यस्तै प्रमिस थापामगर, खवरमान मगर र चालक सन्तोष विक बेपत्ता छन् ।


जिप अरुणमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालित भएको थियो । केही दिनदेखिको वर्षाले उर्लिएको अरुणमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको डिएसपी मिम लामाले जानकारी दिए । लामाका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नु पर्छ ।


घटनास्थलमा संखुवासभाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी पुगिसकेका छन् ।

प्रकाशित : आश्विन १, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?