२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

३ भाषामा मोदीलाई शुभकामना

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको ६९ औं जन्मदिनको अवसरमा मंगलबार अंग्रेजी, हिन्दी र गुजराती भाषामा शुभकामना सन्देश पठाएका छन् ।

३ भाषामा मोदीलाई शुभकामना

‘म तपाईंको स्वास्थ्य, खुसी र दीर्घायुको कामना गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्वीटमार्फत पठाएको सन्देशमा भनेका छन्, ‘मलाई विश्वास छ, हामी मिलेर नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई अरू दरिलो बनाउनेछौं ।’ प्रधानमन्त्री ओलीले नेपाली भाषामा भने ट्वीट गरेका छैनन् ।


प्रधानमन्त्री ओलीको ट्वीटको जवाफ दिंदै भारतीय समकक्षी मोदीले नेपाली र गुजराती भाषामा लेखेका छन्, ‘मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईंको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु ।’


भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा शुभकामना व्यक्त गर्दै दिल्लीस्थित नेपाली राजदूतले पनि हिन्दीमा ट्वीट गरेका छन् । राजदूत आचार्यले ट्वीटमा भनेका छन्, ‘तपाईँ विश्वमान्य राजनेता हुनुहुन्छ, श्रद्धेय हुनुहुन्छ । सधैं स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्, सफल रहनुहोस् । मेरातर्फबाट आदरपूर्ण नमन स्वीकार गर्नुहोस् ।’


प्रकाशित : भाद्र ३१, २०७६ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?