१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बलात्कार आरोपमा दाजुभाइ पक्राउ

विराटनगर — किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाको दमकका दाजुभाइलाई पक्राउ गरेको छ । स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गर्न खोज्ने पक्राउ परेका हुन् ।

बलात्कार आरोपमा दाजुभाइ पक्राउ

प्रहरीका अनुसार सोमबार राति ११ बजे जंगलमा लगेर युवकले बलात्कार गरेका थिए । घटनापछि गुहार माग्दै पीडितकै घर पुगेकी उनलाई ती युवकका दाजुले समेत बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।


घटनाबारे पीडितका आफन्तले उजुरी गरेपछि खोजीका क्रममा दुवैलाई पक्राउ गरिएको थियो । प्रहरीले पीडक युवकहरुको नाम सार्वजनिक गरेको छैन ।


उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७६ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?