२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

खेतमा अवतरण गरिएका हेलिकप्टर साढे ८ घण्टापछि उडे

नगेन्द्र अधिकारी

काभ्रे — मौसममा खराबी देखिएपछि पाँचखालमा –२ र ३ मा आकस्मिक अवतरण गरिएका विभिन्न कम्पनीका ४ हेलिकप्टर साढे ८ घण्टापछि काठमाडौं उडेका छन् ।

खेतमा अवतरण गरिएका हेलिकप्टर साढे ८ घण्टापछि उडे

बिहान ८ बजे जोरपाटी र हर्षेस्थित खेतमा आकस्मिक अवतरण भएका मनाङ एयरका २, सिम्रिक र कैलाश एयरका १/१ हेलिकप्टर साढे ४ बजे काठमाडौंको लागि उडेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।


लुक्लाबाट काठमाडौंका लागि उडेका मनाङ र सिम्रिक एयरका हेलिकप्टरमा चालक दलसहित ६/६ जना र कैलाशको हेलिकप्टरमा ३ जना सवार थिए । अलपत्र यात्रु र चालक दलका सदस्यलाई स्थानीयले खाना खुवाएका थिए ।

सिम्रिक एयरमा रहेका ५ जना विदेशी पर्यटकलाई पाँचखाल नगरपालिकाको गाडीले काठमाडौं पुर्‍याउने व्यवस्था मिलाएको थियो ।


यो पनि

प्रकाशित : भाद्र ३१, २०७६ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?