१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाँचखालबाट उडेको हेलिकप्टर फेरि विद्यालयमा अवतरण

नगेन्द्र अधिकारी

काठमाडौँ — पाँचखाल ३ जोरपाटीबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसम खराबीका कारण विद्यालयको प्राङ्गणमा पुन: अवतरण गरिएको छ । 

पाँचखाल नगरपालिकामा आकस्मिक अवतरणपछि उक्त हेलिकप्टर पुन: काठमाडौंका लागि उडेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी दिपक गिरीका अनुसार काठमाडौंको लागि उडेको हेलिकप्टर मौसम खराबीले केही समयको अन्तरालमै फेरि अवतरण भएको हो ।


मौसमले साथ नदिएपछि पाँचखाल ६ स्थित नवप्रतिभा स्कुलको प्राङ्गगणमा पुन: अवतरण गरेको हो ।



सिम्रिक एयरसहित लुक्लाबाट काठमाडौंका लागि उडेको ४ हेलिकप्टर मंगलबार दिउँसो काभ्रेमा आकस्मिक अवतरण गरिएको थियो । हेलिकप्टरहरु खेतमा अवतरण भएको थियो ।


जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार पाँचखाल नगरपालिकाको हर्षे र जोरपाटीमा मनाङ एयरका २, सिम्रिक र कैलाश एयरका १/१ हेलिकप्टर अवतरण गरिएको थियो । मनाङ र सिम्रिक एयरका हेलिकप्टरमा चालक दलसहित ६/६ जना र कैलाशको हेलिकप्टरमा ३ जना सवार थिए ।

प्रकाशित : भाद्र ३१, २०७६ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?