१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बाँकेमा कांग्रेसको आन्दोलन जारी, मंगलबार पनि विरोध प्रर्दशन 

मधु शाही

बाँके — नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालामाथि कुटपीट गरिएको घटनालाई लिएर यहाँ निरन्तर विरोध प्रर्दशन भएको छ । शुक्रबारदेखि जारी आन्दोलनको चौथो दिन मंगलबार नेपालगन्जको धम्बोजी चोकमा कांग्रेसको भातृसंगठन तरुण दलले टायर बालेर बिरोध जनाएको छ ।

बाँकेमा कांग्रेसको आन्दोलन जारी, मंगलबार पनि विरोध प्रर्दशन 

आन्दोलनमा बोल्दै कांग्रेसका प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले सरकारले दोषिमाथि कारबाही नगरे आन्दोलनले अझै चर्को रुप लिने चेतावनी दिए । उनले कांग्रेस सत्तामा नभएपनि असक्षम नभएको दाबी उखानबाट प्रस्ट्याए । ‘बाघ कहिल्यै बुढो हुँदैन र स्याल कहिल्यै तरुनो हुँदैन’, उनले भने, ‘हामी बाघ हौ, होसियार मौरीहरु ।’


सोमबार जिल्ला प्रहरी कार्यालयमा एक घन्टा धर्ना बसेर युनियनले विरोध जनाएको थियो भने बुधबार महिला संघले आन्दोलन गर्ने योजना रहेको महाधिवेशन प्रतिनिधी लक्ष्मी नारायण शाहले बताए । ‘न्याय नपाउँदासम्म आन्दोनल रोकिने छैन’, उनले भने,‘तर, संगै जागरण अभियान समेत चलाउने कुरो छ ।’ उनले निर्मला पन्तको प्रकरण कोट्याउदै बलात्कार जस्तो जघन्य अपराधलाई सरकारले अहिलेसम्म न्याय दिन नसकेको आरोप लगाए ।


केन्द्रीय सदस्य भरतबहादुर न्यौपानेले घटनालाई प्रोत्साहन गर्न बाँके प्रहरी प्रशासन सरकारको पछाडि लागेको आरोप लगाए । मुख्य अभियुक्तको खोजी गरेर कानुनी कारबाही नहुँदासम्म आन्दोलन नरोकिने कांग्रेसका नेताहरुले बताएका थिए ।


कांग्रेसको राष्ट्रिय जागरण अभियान अर्न्तगत दोस्रो चरणको कार्यक्रम चलिरहेको बेला बिहीबार नेकपाका कार्यकर्ताले सभापति कोइरालामाथि कुटपिट गरेको कांग्रेस बाँकेले जनाएको छ । नेकपा कार्यकर्ताको कुटाइबाट कोइरालाको हात भाँचिएको कांग्रेसले दाबी गर्दै आएको छ ।

प्रकाशित : भाद्र ३१, २०७६ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?