लुक्लाबाट उडेका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण
काभ्रे — मौसममा खराबी देखिएपछि लुक्लाबाट काठमाडौंका लागि उडेका विभिन्न कम्पनीका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।
धान खेतमा अवतरण गरिएका हेलिकप्टरका यात्रु सकुशल रहेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।
पाँचखाल नगरपालिकाको हर्षे र जोरपाटीमा मनाङ एयरका २, सिम्रिक र कैलाश एयरका १/१ हेलिकप्टर अवतरण गरिएको थियो । मनाङ र सिम्रिक एयरका हेलिकप्टरमा चालक दलसहित ६/६ जना र कैलाशको हेलिकप्टरमा ३ जना सवार थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी दिपक गिरीका अनुसार, सिम्रिक एयरको हेलिकप्टर पुन: काठमाडौंको लागि उडिसकेको छ ।
प्रकाशित : भाद्र ३१, २०७६ १०:४७प्रतिक्रिया