कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हतियार प्रयोग गरी लुटपाट

आश गुरुङ

लमजुङ — मर्स्याङदी गाउँपालिका-३ टुनीखर्कका एक वृद्ध दम्पती लुटिएका छन् । हतियारधारी समूहले आइतबार घरभित्र पसेर वृद्धवृद्धालाई अन्धाधुन्द धारिलो हतियार प्रयोग गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

हतियार प्रयोग गरी लुटपाट

उनीहरुका साथबाट लुटेरा समूहले ८ तोला सुन लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ ।डीएसपी रविन्द्रमान गुरुङका अनुसार प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको छ ।


नकाव लगाएर आएको ३ जनाको समूहले हतियार प्रहार गर्दा ७८ वर्षीय आइतसिंह गुरुङ घाइते भएका छन् । गुरुङको दायाँ औंला र टाउकोमा चोट लागेको छ । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । गुरुङका पत्नि भीमकुमारी भने जोगिएकी छन् ।


घाइते आइतसिंहका अनुसार गर्मीको समय भएकाले ढोकामा चुकुल लगाइएको थिएन । राति साढे १२ बजेतिर मुखमा नकाव लगाएर आएको टोलीले धारिलो हतियार प्रयोग गरी आफ्नो हातको २ तोलाको औंठी र पत्निको दुवै कानमा रहेको साढे १ तोलाको सक्रिसहितको सुनका साथै घाँटीमा लगाएको ३ तोलाको सुन समूहले लुटेर लगेको थियो ।


‘नजिकै छिमेकीको घरमा बाहिरबाट ताला लगाएर हामीलाई लुट्न आएको रहेछ । यो लुटेर हामीलाई चिन्ने, वरपरको कोही हुनुपर्छ’ आइतसिंहले भने ।


वृद्ध दम्पती गाउँमा बस्दै आएका छन् । उनका एक छोरा र एक छोरीमध्ये छोरी विवाह भएर बेंसीसहर बस्दै आएकी छन् । छोरा बेलायती सेनामा कार्यरत छन् ।

प्रकाशित : भाद्र ३०, २०७६ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?