१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

ज्ञानेन्द्र शाही प्रहरीको सुरक्षामा

प्रशान्त माली

ललितपुर — प्रहरीले ज्ञानेन्द्र शाहीलाई सुरक्षामा राखेको छ । कुपण्डोलमा नेपालगञ्ज घटनाबारे खण्डन गर्न पत्रकार सम्मेलन गरिरहेका शाही र त्यहाँ उपस्थित व्यक्तिहरु बीच झडपको अवस्था सिर्जना भएपछि सुरक्षा प्रदान गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । 

ज्ञानेन्द्र शाही प्रहरीको सुरक्षामा

अहिले उनी महानगरीय प्ररही परिसर जावलाखेलमा छन् । स्रोतका अनुसार पत्रकार सम्मेलनमा नेकपाका कार्यकर्ता छिरेर विषय भन्दा बाहिर गएर अनावश्यक प्रश्न गर्न थालेका थिए ।

प्रतिउत्तर दिनेक्रममा झडपको सिर्जना भएको थियो । उनी ‘नेपालका लागि नेपाली अभियान’का अभियान्ता हुन् ।

प्रकाशित : भाद्र २९, २०७६ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?