२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सल्यानको सिद्धकुमाख गाउँपालिकाको गाडीमा आगजनी 

विप्लव महर्जन

सल्यान — सिद्धकुमाख गाउँपालिकाको रा १ झ १७० नम्बरको गाडी आगजानी गरिएको छ । वडा नं ३ ढोडचौरमा पर्ने गाउँपालिकाको कार्यालय परिसरमा पार्किङ गरेर राखिएको गाडी शनिबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगलागी कारण गाडी पूर्ण रुपमा क्षति भएको छ ।

सल्यानको सिद्धकुमाख गाउँपालिकाको गाडीमा आगजनी 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले योजनाबद्ध तरिकाले गाउँपालिकाको गाडी आगजनी गरेको बताए । कसले जलाएको भन्ने बारेमा जानकारी नभएपनि कार्यालयमा राखिएको सीसी क्यामरामा हेर्दा पुरुषको हात र टाउको देखिएको उनले जानकारी दिए । गाउपालिकाको सबै विषय राम्ररी जाने व्यक्तिले गाडी जलाउने हुन सक्ने प्रहरीले दाबी गरेको छ ।


गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले पनि आगजनी कसले गरेको भन्ने बारेमा केही जानकारी नभएको र कतैबाट धम्की पनि नआएको बताए । सुरक्षाको लागि पहिला श्रीनगरको ईलाका प्रहरी कार्यालयमा राखिदै आएको गाडी केही महिनाअघि मात्र गाउँपालिकाले आफ्नै कार्यालय परिसरमा राख्दै आएको थियो ।


यो पनि पढ्नुहोस्ः

बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी

प्रकाशित : भाद्र २९, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?