कान्तिपुरको एक लाख पौडेललाई

(विराटनगर) — कान्तिपुरको ‘करोडपति सिजन ३’ अन्तर्गत पाँचथरकी यदुमाया पौडेलले एक लाख रुपैयाँ प्राप्त गरेकी छन् । वार्षिक ग्राहक योजनाअन्तर्गत साप्ताहिक लक्की ड्रबाट उनले उक्त रकम प्राप्त गरेकी हुन् । 

कान्तिपुरको एक लाख पौडेललाई

कान्तिपुर मिडिया ग्रुपको विराटनगरस्थित कार्यालयमा प्रदेश १ ब्युरो संयोजक माधव घिमिरेले एक लाख रुपैयाँको चेक पौडेललाई शनिबार हस्तान्तरण गरे । प्राप्त रकमले स्टेशनरी पसल अझ व्यवस्थित गर्ने पौडेलले बताइन् । ‘पुरस्कार पाएको भनेर कान्तिपुर अफिसबाट फोन आउँदा सुरुमा मलाई विश्वासै लागेन’ उनले भनिन्, ‘तर कार्यालयमा आएर चेक बुझेपछि भने धेरै खुसी लाग्यो ।’


‘करोडपति सिजन ३’ गत चैत १४ गतेबाट सुरु भएको हो । यो योजनामा कान्तिपुर र द काठमाण्डु पोष्टका वार्षिक ग्राहकले सहभागिता जनाएका छन् । लक्की ड्रमार्फत एकजना ग्राहकले बम्पर उपहारका रूपमा १ करोड नगद जित्ने छन् । एकजना ग्राहकले लक्की ड्रमार्फत मासिक १० लाख र साप्ताहिक १ लाख नगद पाउँदै आएका छन् ।


प्रकाशित : भाद्र २८, २०७६ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?