२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अंगीकृत नागरिकता बारे विपक्षी सांसदको असहमति, राज्य व्यवस्था समिति बैठक स्थगित 

ऋषिराम पौड्याल

काठमाडौँ — राज्य व्यवस्था समितिको बैठकमा जारी नागरिकता विधेयकका प्रावधान बारे विपक्षी सांसदहरुले असहमति जनाएपछि बैठक
केही समयका लागि स्थगित भएको छ । 

अंगीकृत नागरिकता बारे विपक्षी सांसदको असहमति, राज्य व्यवस्था समिति बैठक स्थगित 

शनिबार बिहान बसेको समितिको बैठकमा कांग्रेस, राजपा, मजदूर किसान पार्टी र संघीय समाजवादीका सांसदहरुले वैवाहिक अंगीकृत नागरिकतामा राखिएका प्रावधान बारे असहमति जनाएका हुन् ।

बैठकमा कांग्रेस, राजपालगायत विपक्षी सांसदहरुले लिखित असहमति पत्र पेश गरेपछि २० मिनेट बैठक स्थगित गरिएको छ ।

कांग्रेसका ६ जना सांसदले लिखित असहमति पेश गरेका हुन । राजपा सांसद राजकशिोर यादव, संघीय समाजवादीका सांसद राहसहायप्रसाद यादव, मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पनि असहमति पेश गरेका छन् ।

कांग्रेसले नागरिकता ऐन २०६३ अनुसारकै प्रावधान राखिनु पर्ने अडान राखेकाे छ । नागरिकताको विषयमा पार्टीको धारणा बनाउन राज्य व्यवस्था समितिमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको सहभागितामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शुक्रबार साँझ पार्टी कार्यालय सानेपामा बैठक बसेको थियाे ।


नागरिकता सम्बन्धी विधेयक आज समितिमा निर्णयार्थ पेश गर्ने सम्भावना छ । समितिमा सहमति नजुटेपछि बहुमतका आधारमा पारित गर्ने सम्भावना छ ।

सरकारले प्रस्ताव गरेको विधेयकमा भने नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले तत्कालै नागरिकता पाउने व्यवस्था गरिएको छ तर त्यस्तो नागरिकता पाएको ६ महिनाभित्र आफ्नो देशको नागरिकता परित्याग गरेको निस्सा पेस गर्नुपर्ने उल्लेख छ । विधेयकमा भनिएको छ, ‘तोकिएको समयमा निस्सा पेस नगरेमा नेपाली नागरिकता खारेज हुनेछ ।’ नागारिकता ऐन, २०६३ अनुसार १५ वर्ष नेपालीमा स्थायी बसोबास गरेका पुरुषलाई सरकारले चाहेमा अंगीकृत नागरिकता दिने प्रावधान छ ।

प्रकाशित : भाद्र २८, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?