कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रधानमन्त्री बन्न हतार छैन : दाहाल 

विप्लव भट्टराई

इलाम — नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नै पूरा अवधि निरन्तरता पाउने संकेत गरेका छन् । 

प्रधानमन्त्री बन्न हतार छैन : दाहाल 

कार्यकर्ता प्रशिक्षणको क्रममा इलाम आएका दाहालले पत्रकारहरुसँग शनिबार बिहान कुरा गर्दै आफूले बहुमतसहित ५ वर्ष प्रधानमन्त्री बन्ने अवसर पाए पनि मुलुकको हित र जनचाहना बमोजिम उभिएर ओली नेतृत्वमा सरकार बनेको धारणा राखे ।


पार्टी एकतालाई मजबुत बनाउँदै समाजवाद निर्माणकालागि पार्टीमा छलफल गरेर अवस्था अनुसार निर्णयमा पुगिने उनको भनाई थियो । ७० वर्ष लामो संघर्षपछि जनसहभागितामा बनेको संविधान र आएको गणतन्त्र माथि खतरा नभएको प्रष्ट्याउदै उनले गणतन्त्र विरोधीहरुको हरकत भने सही नसक्नु हुन थालेकाले त्यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे ।


अन्तराष्ट्रिय सम्बन्धका विषयमा प्रष्टीकरण दिँदै अध्यक्ष दाहालले कुनै पनि देशको पक्ष र विपक्षमा आफूले प्रतिकृया नदिएको बताए । दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमका क्रममा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका नेता इलाम आएका हुन् ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?