गृहमन्त्रीका भाइ नरेश पक्राउ प्रकरण : प्रहरी बयानमा भने- 'समीरमानलाई जेलमा भेटेको छैन'

जनकराज सापकाेटा

काठमाडौँ — फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्रीका साइँला भाई नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई भेटेको बयानमा इन्कार गरेका छन् । समीरमान निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने योजनाका मुख्य योजनाकार हुन् । बस्नेत केन्द्रीय कारगारमा छन् ।

गृहमन्त्रीका भाइ नरेश पक्राउ प्रकरण : प्रहरी बयानमा भने- 'समीरमानलाई जेलमा भेटेको छैन'

ब्युरोसँगको बयानका क्रममा नरेशले आफूले समीरमानलाई चिन्दै नचिनेको बयान पनि दिएका छन् । कान्तिपुरलाई प्राप्त नरेशको बयानमा उनले भनेका छन, ‘प्रतिवादी शैलेश प्रजापती मार्फत पवन खड्कासँग भेटघाट भएकाले निजसँग चिनजान भएको हो । निजहरुसँग नाता सम्बन्ध रिसीइबी केही पनि छैन । अन्य प्रतिवादीहरु समीरमान सिंह बस्नेत, जे भन्ने जावेद अनवरदिन, सुरेन नगरकोटी, बिरबल भट्टराई र प्रवेश भन्ने मनबहादुर पुन मगरलाई चिन्दिनँ ।’


नरेशले आफूले समीरमानलाई नचिनेको बताएपछि ब्युरोको अनुसन्धान अधिकारीहरु उनीहरुबीच पुरानै चिनाजानी रहेको बताउँछन् । ब्युरो स्रोतले भन्यो, 'उनले समीरमानलाई भेटनका निम्ती बारम्बार कोसिस गरेको देखिन्छ र अन्तमा गृहमन्त्रीको भाई भएको परिचय दिएर कारगारभीत्र पुगेर समीरमानसँग भेटेको देखिन्छ ।


नरेशले चिन्दिनँ भनेका जे भन्ने जावेद अनवरदिन दुबईमा छन् । अनुसन्धान अधिकारीहरुका अनुसार फिरौती असुलीको संसारमा चर्चामा आएका कुमार घैटेसँग सम्बन्धमा रहेका जावेद घैटेको मृत्यु पछि दुबईमा बसेर फिरौती असुलीमा सक्रिय छन् ।


नरेशले बयानमा पक्राउ परेका अर्का प्रतिवादी शैलेश प्रजापतीलाई भने चिन्ने गरेको बताएका छन् । उनले भनेका छन, ‘शैलेश र विनोद लामासँग दुई ढाई महिना अगाडिदेखि चिनजान भएको हो । निज शैलेश प्रजापतीले सञ्चालन गरेको फुड कोर्टमा खाजा नास्ता गर्न जाने बखतमा उनीहरुसँग चिनजान भएको हो ।’


नरेशले सुरेन, पवन र शैलेश पक्राउ पछि फिरौती असुलीको धन्दामा आफ्नो नाम पनि मुछिएकोबारे शैलेशकी पत्नीबाट थाह पाएको पनि बताएका छन् । उनले भनेका छन, ‘शैलेश पक्राउ पछि निजकी श्रीमतीले मलाई फोन गरी तपाईंको नाम पनि घटनामा संग्लन रहेको छ भनि फोनमा कुरा गरेकाले सोही बखतमा थाह पाएको हुँ ।’


केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका नरेश सहितका आठ प्रतिवादी विरुद्ध काठमाडौं जिल्ला अदालतमा संगठित अपराध र आपराधिक लाभ (एक्सर्टसन) को मुद्दा जारी छ । अदालतले बिहीबार मात्रै तीन प्रतिवादीसँग बयान लिइसकेको छ भने अन्यसँगको बयान आइतबार पछि जारी रहनेछ ।


प्रकाशित : भाद्र २७, २०७६ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?