१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पहिरोले दुई जिप पुर्दा एकको मृत्यु, ६ जना घाइते [अपडेट]

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३ दोभान हेडबक्स नजिकै माथिबाट खसेको पहिरोले शुक्रबार दुई वटा जिप पुर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बुटवलबाट गुल्मी हिँडेको जिपका चालक रुपन्देही मक्रहरका कमल परियारको घटनास्थलमै मृत्यु भएको दोभान प्रहरी चौकी प्रमुख बालबहादुर घर्तिमगरले बताए ।

पहिरोले दुई जिप पुर्दा एकको मृत्यु, ६ जना घाइते [अपडेट]

दोभान प्रहरी चौकीका अनुसार दुई सवारीसाधनबाट ६ जना घाइते भएका हुन् । तानसेनतर्फबाट बुटवल हिँडेको लु २ च ५९३८ जिपमा रहेका चालक समेत तीन जना सामान्य चोटपटक लागेको छ ।


उनीहरु उपचारपपिछ फर्किसकेका छन् । यस्तै बुटवलबाट गुल्मी हिँडेको लु १ ज २६१७ नम्बरको जिपमा यात्रा गरेका चार जना घाइते भएका छन् । गुल्मी हिँडेको जिपमा चालकसमेत १३ जना थिए । जसमा आठ जनालाई केही नभएको प्रहरीले जनाएको छ ।

चार जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । माथिल्लो भागबाट खसेको ढुंगासहितको पहिरोले दुई वटै सवारीसाधनलाई पुरेको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गमा सुचारु भएको छ ।

प्रकाशित : भाद्र २७, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?