कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘लामखुट्टे मास्नुको विकल्प छैन’

अतुल मिश्र

काठमाडौँ — अव्यवस्थित सहरीकरण, पानीको अभाव, जलवायु परिवर्तन आदिका कारण नेपालसहित विश्वभर डेंगु संक्रमण बढेको भन्दै विशेषज्ञहरूले चिन्ता प्रकट गरेका छन् ।

‘लामखुट्टे मास्नुको विकल्प छैन’

विगत ३ महिनामा विश्वका १ हजार २ सय ९८ ठाउँमा डेंगु देखिएको उनीहरूको भनाइ छ । त्यसमा पनि दक्षिणपूर्वी एसियाका सबै मुलुकमा डेंगुको प्रकोप बढ्दो रूपमा देखिएको छ ।


सन् १९५६ अघि ९ मुलुकमा डेंगु संक्रमण देखिएको थियो । अहिले १ सय २६ मुलुकमा भेटिएको छ । ‘सहरी क्षेत्रमा गाई, भैंसी, भेडाबाख्रा छैनन् । लामखुट्टेले रगत चुस्ने पशु नपाएपछि मान्छेलाई बढी टोक्न थालेकाले अवस्था भयावह बनेको हो,’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका वरिष्ठ किट वैज्ञानिक डा. बीएन नागपालले भने ।


उचित हेरचाह र स्वास्थ्य सुविधामा भएको विस्तारले विश्वमा डेंगु संक्रमणले हुने मृत्युदर घटिरहे पनि लामखुट्टे नियन्त्रणमा नरहेको नागपालले बताए । ‘यो स्वास्थ्य मन्त्रालयको मात्र समस्या होइन, सबै जनताको हो,’ उनले भने, ‘सबै मिलेर लामखुट्टेको प्रजनन स्थल खोज्दै मास्नुपर्छ ।’


नेपाललाई डेंगुको प्रकोपबाट मुक्त गर्न एडिस एजेप्टी र एडिस एल्बोपिक्टस जातका लामखुट्टे खोजेर नष्ट गर्नुको विकल्प छैन । डेंगु सार्ने भाइरसलाई तत्काल उन्मूलन गर्न नसकिने डब्लूएचओ नेपालकी डा. लुङटेन वाङचुकले बताइन् । ‘यो भाइरसको घर मानिस हो, यसैले उन्मूलन गर्न गाह्रो भएको हो,’ उनले भनिन् । डेंगु सार्ने लामखुट्टे अन्यभन्दा धेरै चलाख र सक्रियसमेत भएकाले नियन्त्रणमा समस्या देखिएको उनको भनाइ छ ।


‘औलो फैलाउने एनोफिलिस पोथी लामखुट्टेले आफ्नो जीवनकालमा औसत १५ जनालाई संक्रमित पार्न सक्छ तर डेंगु फैलाउने एडिस लामखुट्टेले ७५ जनालाई रोगी बनाउन सक्छ,’ डा. नागपालले भने ।

प्रकाशित : भाद्र २७, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?