न्यायाधीशका सवारी चालक घूससहित पक्राउ

सिरहा — जिल्ला अदालत सिरहामा कार्यरत सवारी चालक वृजमोहन यादवलाई सदरमुकाम सिरहास्थित एक होटलबाट घूस रकमसहित
अख्तियारको टोलीले पक्राउ गरेको छ । 

न्यायाधीशका सवारी चालक घूससहित पक्राउ

अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले यादवलाई सदरमुकाम सिरहास्थित खड्ग होटलबाट १ लाख १० हजार घूस रकम लिदै गर्दा पक्राउ गरेको हो ।


यादवले अदालतमा विचारधिन मुद्दा मिलाइदिने भन्दै पीडितसँग रुपैयाँ माग गरेका थिए ।


पक्राउ परेका यादव इजलास नम्बर ३ का न्यायाधीश नरनारायण पौडेलका सवारी चालक हुन् ।

प्रकाशित : भाद्र २६, २०७६ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?