१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

९ सय कर्मचारीको दरबन्दी स्वीकृत [मन्त्रिपरिषद्का १९ निर्णयसहित]

दिनेश रेग्मी

काठमाडौँ — सरकारले विभिन्न कार्यालय र आयोजनाका लागि स्थायी, अस्थायी गरी करिब ९ सय कर्मचारी दरबन्दी सिर्जना गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्‌को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन् ।

९ सय कर्मचारीको दरबन्दी स्वीकृत [मन्त्रिपरिषद्का १९ निर्णयसहित]

बैठकले विभिन्न मन्त्रालयअन्तर्गतका आयोजना तथा कार्यक्रमका लागि ८ सय ८३ पद सिर्जना गरेको हो । प्रवक्ता बाँस्कोटा अनुसार बैठकले राजपत्रांकित स्थायी ८ सय ५३ पद, राजपत्रांकित अस्थायी १५ पद र सेवा केन्द्रका लागि २५ अस्थायी पदको दरबन्दी स्वीकृत गरेको छ ।

राजपत्रांकित दरबन्दीमध्ये सबैभन्दा बढी जलस्रोत तथा सिँचाई विभागअन्तर्गत ३ सय ६० र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतका आयोजनाका लागि २ सय ७२ दरबन्दी स्वीकृत गरिएको छ ।

थप निर्णय हेर्नुहोस्


प्रकाशित : भाद्र २६, २०७६ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?